प्रचण्डसँग चुनाव लडेका वली एमाले केन्द्रीय सदस्यमा भिड्दै
नेकपा (एमाले)को जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नअटाएपछि राेल्पाका शान्तकुमार वलीले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । उनले भूगोलतर्फ लुम्बिनीबाट खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडेका वलीलाई रोल्पामा एमालेको संस्थापक मानिन्छ । त्रिवेणी गाउँपालिकाको पूर्व अध्यक्ष समेत रहेका उनी अध्यक्ष ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेद्वार बन्नसक्ने धेरैको अनुमान थियो । तर ओलीको सूचीमै नपरेपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
टिप्पणीहरू