आफ्नै क्षेत्रमा ओलीलाई आपत
नेकपा (एमाले) भक्तपुरका एक दर्जन नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
सूर्यविनायक नगरपालिका-२ स्थित बालकोट घर भएका उनीहरूलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भित्र्याएका हुन् । एमाले छोडेर नेकपामा मिसिनेहरूमा रवि श्रेष्ठ, ईश्वर सिलवाल, हरि बाँस्कोटा, भाइकृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दिपक खत्री, धुर्ब केसी, सुदिप प्रजा, कृष्णशरण लामिछाने छन् ।
एमालेको स्थानीय कमिटीमा सक्रिय रहेका उनीहरूले अब नेकपाको एजेण्डा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्व निवाससमेत रहेको बालकोटका स्थानीय नेताहरूमा पछिल्लो पार्टी परित्यागको लहर चलेको देखिन्छ । एक साताअघि मात्रै सोही ठाउँका स्थानीय नेता-कार्यकर्ता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका थिए ।

टिप्पणीहरू