ओलीलाई बयानका लागि बोलाउन छलफल
प्रधानमन्त्री सुशीला कार्कीसँग भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगका अध्यक्ष र सदस्यले भेटवार्ता गरेका छन् । अध्यक्ष गौरीबहादुर कार्की र सदस्य विज्ञानराज शर्माले दिउँसो पौने २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गरेको छलफलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने उपायबारे सल्लाह भएको स्रोतले बताएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी आजको छलफलमा आयोगको पदावधि थप गर्नेबारे पनि सल्लाह भएको बुझिएको छ । आयोगको कार्यावधि आगामी बुधबार सकिँदैछ ।
यसबीच कार्की आयोगले प्रधानसेनापतिलगायत विभिन्न उच्च अधिकारीहरुसँग बयान लिइसकेको छ । अघिल्लो साता सरकारले जेन जी समूहसँग गरेको सम्झौतापछि आयोगलाई चार वटा कार्यादेश थपिएको छ । उक्त कार्यादेशबारे आयोगका पदाधिकारीहरुले अनौपचारिक रुपमा असन्तुष्टि जनाइसकेका छन् ।
टिप्पणीहरू