सडकदेखि सडकसम्म

सडकदेखि सडकसम्म

उपचुनावमा अलि बढि भोट के आएको थियो, प्रचण्डको चुमचुम बढ्न थालेको छ । अहिले त सरकारलाई धम्कीसमेत दिन थाल्नुभएको छ । अस्ति एक ठाउँमा भन्नुभयो– सरकार गलत बाटोमा हिँड्यो भने हामी फेरि सडकमा जानेछौँ । 

कमरेड प्रचण्डको सडकप्रेम असीम छ । यसबारे उहाँका कार्यकर्ता पूरा जानकार छन् । तैपनि यतिबेला आएर कमरेड प्रचण्डले सडकमा जाने जुन धम्की दिनुभयो त्योचाहिँ हास्यास्पद नै रहेछ । किनभने अब यतिबेला आएर प्रचण्डले ‘हामी सडकमा जान्छौँ’ भनेर भनिराख्नै पर्दैन । किनभने उहाँहरू अलरेडी ‘अलरेडी’ सडकमा पुगि नै सक्नुभएको छ ।

एमाले र कांग्रेसको मिलिजुलि सरकार बनेपछि माओवादी सिधै सडकमा पुगेको हो । त्यसपछि माओवादी अहिलेसम्म सरकारमा गएको छैन । भन्नुको अर्थ माओवादी यतिबेला सडकमै छ ।

अब जो ‘अलरेडी’ सडकमै छ, उसले फेरि ‘सडकमा जान्छु’ भनेर धम्की दिनुको तात्पर्य के ? सरकारबाट हटाएपछि आफूहरू सिधा सडकमा पुगेको कुरा प्रचण्डले बिर्सिनुभयो कि क्या हो ? 
 

टिप्पणीहरू