रोचक प्रसङ्ग

पाँचतारे शौचालय

अनाकर्षण र फोहर हुने कारण सर्वसाधारण सार्वजनिक शौचालय पस्न मन पराउँदैनन् । चीनको चुङकिङ शहरमा त्यसैले यस्तो शौचालय निर्माण गरिएको छ, जसले दिने सुविधा पाँच तारे होटलको भन्दा कम छैन । ‘पाँचतारे शौचालय’ भित्र भुईंमा मार्बल बिछ्याइएको छ भने भित्तामा ग्रेनाइट । सिलिङमा झाड पानस झुण्ड्याइएको छ भने २४ घण्टै न्यानो हुने गरी २६ डिग्री सेल्सियस तापक्रम । पिसाब फेर्दै गर्दा बाहिरको हरियाली नियाल्न सकिन्छ शिशाको भित्तामार्फत । त्यस्तो शिशा लगाइएको छ, बाहिरबाट हेर्दा भित्रको क…