चुनाव जित्नासाथ पार्टीको काममा सरकारी गाडी प्रयोग

चुनाव जित्नासाथ पार्टीको काममा सरकारी गाडी प्रयोग

म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने पौडेलमाथि नगरपालिकाको सवारी साधन दुरुपयोग गरेको आरोप लागेको छ । राजधानीमा जारी माओवादी केन्द्रको तालिममा सहभागी हुन आएकी पौडेल अहिले गृहनगर फर्कने क्रममा हुनुहुन्छ ।

ग. १ झ ४२६ नम्बरको सरकारी गाडीमा उपमेयर पार्टीको कार्यक्रममा काठमाडौं आएपछि म्याग्दीकोबबेनीका मतदाता र समर्थकहरुले खिसिट्युरी गरेका छन् । चुनाव जितेको एकाध हप्तामै सरकारी गाडीको लत लागेको भन्दै उनीहरुले कुरा काटेको अवस्था छ ।

सरकारी गाडी पार्टीको काममा दुरुपयोग गरिएको सम्बन्धमा पौडेलले भन्नुभयो, ‘सँगसँगै सरकारी काममा पनि आएकी हुँ । यसबीच शिक्षामन्त्री देवेन्द्र पौडेल र अर्थमन्त्री जनार्दन शर्मा दाइसँग पनि भेट्नुपर्ने थियो । पार्टी काममा मात्रै होइन ।’

अहिले बेनी फर्कंदै गरेको जानकारी दिँदै उपमेयरले भन्नुभयो, ‘सरकारी कोष र साधन दुरुपयोगप्रति सचेत छु,चिन्ता लिनु पर्दैन ।’

उक्त नगरपालिकाको मेयरमा एमालेका सुरत केसी विजयी भएका छन् । केसीले नेपाली काँग्रेसका उम्मेदवार र लामिछानेले एमालेका उम्मेदवारलाई हराएका हुन् ।

नगरपालिका स्रोत उक्त गाडी नगरपालिकाको भएको र उपमेयर काठमाडौं गएको बताए पनि अरु थाहा नभएको भन्दै पन्छिएको छ ।

टिप्पणीहरू