बालेनको आज खुमलटार जाने पालो

बालेनको आज खुमलटार जाने पालो

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह राजनीतिक दलका नेताहरुसँग भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँ महानगरपालिकामा रहेको फोहोर व्यवस्थापनको समस्या समाधानमा व्यस्त हुँदाहुँदै पनि आज बिहान खुमलटार पुग्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डसँग भेटघाट गर्न उहाँ बिहान पौने ९ बजे त्यहाँ पुग्नुभएको थियो । दाहाल निवास खुमलटारमा साह झण्डै ४५ मीनेट अडिनुभयो ।

त्यहाँबाट साढे ९ बजेको समयमा बाहिरिनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू