रसायनिक पदार्थको डिपोमा विस्फोट, २५ जनाको मृत्यु

रसायनिक पदार्थको डिपोमा विस्फोट, २५ जनाको मृत्यु

बंगलादेशमा रसायनिक पदार्थको डिपोमा भएको विस्फोटमा परि हालसम्म २५ जनाले ज्यान गुमाइसकेका छन् । चटगाउँ सहरनजिकैको एउटा डिपोमा विस्फोटपछि भीषण आगलागी भएको छ । उक्त घटनामा सैयाैँ घाइते भएका छन् ।

विस्फोटका कारण वरपरका भवनहरु हल्लिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको शरीर ६० देखि ९० प्रतिशत जलेको प्राप्त समाचारहरुमा उल्लेख छ । सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ ।

घाइते हुनेहरूमा अग्नि नियन्त्रक र प्रहरीसमेत छन् । आगलागीअघि डिपोमा छ सय जना कामदार कार्यरत थिए । । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू