“र” प्रमुख नयाँ दिल्ली जानुअघि र पछि को-को छिरे लैनचौर ?
लैनचौरस्थित भारतीय दूतावासमा छिर्नेहरुको संख्या ह्वात्तै बढेको छ । राष्ट्रिय राजनीतिको समीकरणमा आएको परिवर्तनसँगै दूतावास छिर्नेहरुको संख्यामा बढोत्तरी भएको हो ।
हिजो दूतावासमा काठमाडौंस्थित राई स्कूलका प्रिन्सिपल कीर्ति पाण्डे दिउँसो सवा १२ बजे त्यहाँ पुगेका थिए । पाण्डेले खुफिया एजेन्सी ‘र‘ उपप्रमुख तथा कन्सुलर अनिलकुमार गिरीसँग झण्डै ४५ मीनेट भेटघाट गरेको उनैले आफ्ना शिक्षक मित्रहरुलाई पछि स्कुल फर्केर बताए ।
त्यसपछि ‘र’ प्रमुख राघवप्रसाद भट्नागर नेपालको पछिल्लो घटनाक्रमको नियमित प्रतिवेदन बुझाउन भन्दै दिउँसो पौने ४ बजे नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
त्यसपछि भारतीय दूतावासमा एबीसी टेलिभिजनका पत्रकार शुभशंकर कँडेल छिरेको बताइन्छ । उनी पौने ५ बजे त्यहाँ पुगेर झण्डै डेढ घण्टा दूतावासका प्रवक्ता नवीकुमारसँग कुराकानी गरेका थिए ।
टिप्पणीहरू