जनकपुरधामबाट बेपत्ता बालक एक सातापछि मृत फेला
एक सातादेखि हराइरहेका छ वर्षे बालकको शव फेला परेको छ । बालकको धनुषा र महोत्तरी जिल्लाको सीमानामा पर्ने जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ बसबिट्टीको दुग्धमतिमा फेला परेको हो ।
प्रहरीले बालकको एकसाता अघि नै कसैले हत्या गरेर त्यहाँ शव फालेको हुन सक्ने घटनास्थल आकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार शव केही दिन अघि जनकपुरबाट बेपत्ता बालकको भएको हुन सक्ने बताए ।
उनी सर्लाहीको कबिलासी नगरपालिका ७ गैरबजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा त्रिपाल हालेर बसेका जियासरण बरहीका छ वर्षे बालकको हुनसक्ने बताइएको छ ।
चरम गरिबीबाट गुज्रिरहेको बरही परिवार घुमन्ते जीवन बिताउँदै आइरहेको छ । उक्त परिवार केही महिनादेखि जनकपुरमा बस्दै आएको थियो । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।
टिप्पणीहरू