मादल नपाएपछि सुवालको कटाक्ष, राजनीतिको परिभाषा फेरौँ !

मादल नपाएपछि सुवालको कटाक्ष, राजनीतिको परिभाषा फेरौँ !

नेपाल मजदुर किसान पार्टीका एक्ला संघीय सांसद प्रेम सुवालले राजनीतिको अर्थमा ’घुस र पक्षपात’ लेख्नुपर्ने बताएका छन् । राजनीति सेवा बन्न नसकेकोप्रति चिन्ता प्रकट गर्दै उनले यस्तो व्यङ्ग्य गरेका हुन् ।

नेमकिपाका उम्मेदवारहरूले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ‘मादल’ चुनाव चिन्ह पाएका थिएनन् । त्यसविरुद्ध नेमकिपाले अदालतमा मुद्दा हालेको थियो ।

त्यसैलाई व्यङ्ग्यात्मक शैलीमा सांसद सुवालले राजनीति र प्रजातन्त्रको परिभाषालाई शब्दकोषमा नै परिवर्तन गर्नुपर्ने भनेका हुन् ।

टिप्पणीहरू