ललितपुरमा माइक्रोबस सडकबाट खस्यो

ललितपुरमा माइक्रोबस सडकबाट खस्यो

ललितपुरको हात्तिवनस्थित लिट्टिल एञ्जल स्कुलको गेट नजिकै माइक्रोबस दुर्घटना भएको छ । सातदोबाटोबाट हात्तिवनतर्फ जाँदै गरेको माइक्रोबस सडकमा रोकेर राखेको डेलिभरी भ्यानलाई ठक्कर दिएर सडकबाट तल खसेको हो ।

केहीबेर अघि बा. २ ख ४०२१ नम्बरको तीब्र गतिको माइक्रोबसले सडकमा रोकेर राखेको बाग्मती प्रदेश १–०२६ च ०५९३ नम्बरको डेलिभरी भ्यानलाई ठक्कर दिएर उछिट्टिदा माइक्रोबस सडकमुनि पुगेको हो ।

माइक्रोबसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनमा मानवीय क्षति भएको छैन ।

टिप्पणीहरू