उपराष्ट्रपतिलाई साक्षी राखेर लैनचौरमा प्रचण्ड र बाबुरामको भेट

उपराष्ट्रपतिलाई साक्षी राखेर लैनचौरमा प्रचण्ड र बाबुरामको भेट

पछिल्लो समयमा राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई मुलुकको आन्तरिक राजनीतिमा शक्ति केन्द्रको रुपमा चिनिन्छ । सामान्यतयाः शीतल निवास र बालुवाटारमा हुने गरेका राजनीतिक दलका नेताहरुको भेटघाट र कुराकानीलाई सबैले चासोका साथ हेर्छन् ।

तर, आज विभिन्न राजनीतिक दलका केही नेताले लैनचौरस्थित उपराष्ट्रपति निवासमा भेटेर कुराकानी गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राखेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीका शीर्ष नेताबीच भेटघाट र राजनीतिक कुराकानी भएको बताइएको छ ।

अध्यक्ष दाहाल र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज बिहान लैनचौरमा कुराकानी भएको हो । उहाँहरुबीच झण्डै डेढ घण्टा कुराकानी भएको थियो । भेटघाटपछि दाहाल र भट्टराई केहीबेर अघि उपराष्ट्रपति निवासबाट बाहिरिनुभएको छ ।

टिप्पणीहरू