सप्तरीमा बस पल्टियो, एककाे मृत्यू , ११ घाइते

सप्तरीमा बस पल्टियो, एककाे मृत्यू , ११ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा बस दुर्घटना भएको छ । विराटनगरबाट कटारीतर्फ जाँदै गरेको ना.५ ख १८९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बस अचानक अनियन्त्रित भई कोशी ब्यारेज र कंकालिनी मन्दिरबीचको रोडबाट २० फिट तल पल्टिँदा एक जनाको घटनास्थलमै निधन भएको छ । अन्दाजी ६० वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

घाइते ११ मध्ये ६ जनाको भारदह अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी, चार जना स्थानीय मेडिकलमा उपचाररत छन् । मृतकको शव भने सनाखत हुन सकेको छैन । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू