मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अबरुद्ध

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अबरुद्ध

मध्यपहाडी लोकमार्गमा पर्ने मुसिकोट-रुकुमकोट सडकखण्ड अवरुद्ध भएको छ । रुकुम पश्चिम र रुकुम पूर्वको सिमानामा पहिरो गएपछि बाटो अबरुद्ध बनेको हो ।

हिजो राती परेकोअविरल बर्षाको कारण उक्त स्थानमा ठूलो पहिरो गएर सडकखण्ड अवरुध्द भएको यात्रु नरेन्द्र ओलीले बताउनु भयो ।मध्यपहाडी लोकमार्गको रानीकोटमा पहिरो झरेको कारण बाटो अबरुद्ध भएको हो । अहिलेसम्म बाटो खुलाउने कुनै प्रयास नभएको पनि यात्रुहरुले गुनासो गरेका छन् ।

बाटो बन्द भएका यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

टिप्पणीहरू