सगरमाथाको आधार शिविर सार्ने तयारी

सगरमाथाको आधार शिविर सार्ने तयारी

नेपाल पर्यटन बोर्डले सगरमाथाको फेदमा रहेको आधार शिविरको परम्परागत स्थान सार्ने तयारी गरेको छ । जलवायु परिवर्तनका कारण सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) सार्नेबारे छलफल भइरहेको पर्यटन बोर्डले जनाएको छ ।

बीबीसीका अनुसार हालको मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण बेस क्याम्प असुरक्षित हुँदै गएकाले नेपाल सरकारले यस्तो तयारी गरेको हो ।

सगरमाथा आरोहणको मौसममा औसत एक हजार पाँच सय आरोही र तिनका सहयोगीले खुम्बु हिमनदी (ग्लेसियर) क्षेत्रमा रहेको क्याम्पको प्रयोग गर्ने गर्छन् । नयाँ बेस क्याम्प हालको क्याम्पभन्दा केही तल हुने बताइएको छ ।

अहिलेको बेस क्याम्प पाँच हजार तीन सय ६४ मीटरको उचाइमा छ । नयाँ बेस क्याम्प भने हालको भन्दा झण्डै चार सय मीटर कम उचाइको स्थानमा राखिने छ ।

टिप्पणीहरू