राजधानीमै निकाले शरणार्थीहरुले जुलुस

राजधानीमै निकाले शरणार्थीहरुले जुलुस

काठमाडौंमा बस्दै आएका शरणार्थीहरुले केही बेरअघि जुलुस प्रदर्शन गरेका छन् । उनीहरुले महाराजगञ्जस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय अगाडि जुलुस प्रदर्शन गरेका हुन् ।

जुलुसमा म्यान्मारका रोहिङ्ग्या, श्रीलंका, पाकिस्तान, सोमालिया, नाइजेरिया, इराक, बंगलादेशलगायत मुलकका नागरिकले तेस्रो आन्दोलन गरेका हुन् । प्रदर्शनको नेतृत्व गरेका रफिक आलमलगायत कलिला बालबच्चासहित डेढ सय जनाले टाउकोमा कालोपट्टी बाँधेका छन् ।

उनीहरुले गाँस, बास र कपासको आधारभूत अधिकार र बालबच्चाको शिक्षालगायत ११ बुँदे माग राखेर धर्ना समेत दिएका छन् ।

टिप्पणीहरू