काठमाडौंस्थित अमेरिकी राजदूत र सहायक राजदूत एकैसाथ अन्यत्र

काठमाडौंस्थित अमेरिकी राजदूत र सहायक राजदूत एकैसाथ अन्यत्र

संयुक्त राज्य अमेरिकाले काठमाडौंस्थित दूतावासबाट राजदूत र्याण्डी बेरी र सहायक राजदूत म्यानुअल पी मिक्लरलाई अन्यत्रको जिम्मेवारी दिएको छ । नेपालको कार्यकाल सकाएका बेरी र मिक्लरलाई अन्य मुलुकमा राजदूतको जिम्मेवारी दिन लागिएकाले यहाँबाट फिर्ता बोलाइएको कूटनीतिक स्रोतले बताएको छ ।

ह्वाइट हाउसले र्यान्डी बेरीलाई नामिबियामा राजदूतको जिम्मेवारी दिको छ । त्यस्तै सहायक राजदूत मिक्लरलाई ताजिकिस्तानका लागि राजदूतमा नियुक्त गरेको छ ।

लामो समयदेखि गिजोलिँदै आएको अमेरिकी सहयोग परियोजना एमसीसीलाई गत वर्ष फागुनमा नेपालको संसदबाट पारित गराउन उहाँहरुको महत्वपूर्ण भूमिका रहेको अमेरिकी सरकारको निश्कर्ष रहेको बताइन्छ ।

अमेरिकाले नेपालको निम्ति नयाँ राजदूतमा डिन आर थम्पसनलाई गत मार्चमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । थम्पसन यसअघि सन् २०२० देखि २०२१ सम्म अमेरिकी विदेश मन्त्रालयमा दक्षिण एसिया तथा एसियाली मामिला हेर्ने उपसहायक मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यसअघि उहाँ उक्त जिम्मेवारी हेर्ने सहायक मन्त्रीको रुपमा कार्यरत रहनुभयो । डिन अमेरिकी विदेश मन्त्रालयको सेवामा लामो अनुभव भएका वरिष्ठ कर्मचारीमध्ये एक रहेको बताइन्छ ।

टिप्पणीहरू