“खल्ती शौचालय”- संसारकै सबैभन्दा सानो शौचालय बनाएको दाबी (भिडियोसहित)
जापानमा प्राकृतिक प्रकोप तथा अन्य आपातकालको बेला प्रयोग गर्नको लागि भनेर संसारकै सबैभन्दा सानो शौचालय बनाएको दाबी गरिएको छ। यस्तो शौचालय जापानको नागोयामा भर्खर शुरु गरिएको एउटा कम्पनीले ‘पकेट टोइलेट’ नाम दिएर बनाएको हो । यो शौचालय एउटा सानो ७ x ६.५ सेमी प्याकेजमा फिट हुन्छ र यसलाई कचौरा वा डस्टबिनमा राख्न सकिन्छ ।
कोकेनावा इंक नामक कम्पनीका सीईओ, योशिनोरी कोकेनवाले २०१९ मा टाइफुन प्रभावित सहर नागानोमा स्वयमसेवा गर्दा र उद्धारकर्ताहरूले सामना गर्नुपरेको शौचालयको समस्या देख्दा उनमा यो सानो पोर्टेबल शौचालय बनाउने विचार आएको थियो । त्यसपछि उनले यसको उत्पादन शुरु गरे ।
हालसम्म उनले करिब ५० हजार प्याकेज बिक्री गरिसकेका छन् । अहिले जारी रुस र युक्रेन द्वन्द्वको बीचमा कम्पनीले युक्रेनलाई हजारौं पोर्टेबल शौचालयहरू पनि दान गरेको थियो ।
श्रोत: रप्त्ली न्युज
टिप्पणीहरू