इ–पासपोर्ट फारम गाउँमा छ्याप्छ्याप्ती

इ–पासपोर्ट फारम गाउँमा छ्याप्छ्याप्ती

मकवानपुरका १० वटै स्थानीय तहबाट निःशुल्क इ–पासपोर्टको अनलाइन फारम भर्न मिल्ने भएको छ । अनलाइन फारम भर्नेको अत्यधिक भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले यस्तो व्यवस्था मिलाएको हो ।

हिजो दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले कार्यालयमा अनलाइन फारम भर्नेको अत्यधिक भीड बढेको गुनासो आएपछि सबै स्थानीय तहको सहयोग र समन्वयमा तत् स्थानबाटै इ–पासपोर्टको लागि निःशुल्क अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

आजदेखि सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्र समेत बनाउन मिल्ने गरि एकैसाथ अनलाइन फारम खोलिएको प्रजिअ पाण्डेले बताए । इ–पासपोर्टका लागि दैनिक ९० र हप्तामा ५४० जना सम्मले फारम भर्न सकिने गरि व्यवस्थापन गरिएको जनाइएको छ ।

उनले आजदेखि कार्यालय समयमा पुगेर स्थानीय तहबाटै फारम भर्न सेवाग्राहीलाई आग्रहसमेत गरेका छन् । पत्रकार सम्मेलनमा सिडिओ कार्यालयका अन्य कर्मचारीसमेत उपस्थित थिए ।

टिप्पणीहरू