लक्ष्य नभेटेपछि यी सब लखेटिए

लक्ष्य नभेटेपछि यी सब लखेटिए

राजश्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी सरुवा भएर गएका छन् । उनी माओवादी केन्द्र निकट मानिन्छन् । पोखरा महानगरपालिका र ठूला करदाता कार्यालयको प्रमुख जिम्मेवारी पनि सम्हालेका थिए ।

यसअघि आन्तरिक राजश्व बिभागको छोटो जिम्मेवारीमा रहेका शोभाकान्त पौडेललाई बल्लबल्ल खानेपानी कार्यालयमा पठाइएको छ । भर्खरै सञ्चार मन्त्रालय गएकी रेखा कँडेललाई मुद्रण विभागको जिम्मा दिइएको छ । त्यसैगरी सिंह बढुवा भएर प्रदेशतिर गएपछि एक जना सहसचिवको दरबन्दी सञ्चार मन्त्रालयमा खाली रहेको छ ।

अहिले सामान्य प्रशासन मन्त्रालयमा नगरपालिकाका प्रमुखहरूको ताँती लाग्न थालेको छ । मेयरहरूले मन्त्री र सचिवलाई भेटेर आफु निकट कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन माग गरेका छन् । यसले गर्दा अधिकांश नगर तथा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू फेरिने भएका छन् ।

टिप्पणीहरू