जनआस्थाका सम्पादकलाई तीन दिनभित्र ठेगान लगाउँछु भन्ने न्यायाधीश बर्खास्त

जनआस्थाका सम्पादकलाई तीन दिनभित्र ठेगान लगाउँछु भन्ने न्यायाधीश बर्खास्त

गत हप्ता पूर्व प्रधान न्यायाधीशकी छोरी रेणुका साहलाई बुटवल उच्च अदालतको न्यायाधीशबाट हटाएको न्याय परिषदले आज थप दुई जना न्यायाधीशलाई बर्खास्त गरेको छ । राजविराज उच्च अदालतका न्यायाधीश नसुरल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई बर्खास्त गर्ने निर्णय गरिएको हो ।

उनीहरु दुवैलाई कार्यक्षमता अभाव र खराब आचरणको आरोपमा बर्खास्तीको निर्णय गरिएको न्यायपरिषद श्रोतले जनआस्थालाई बतायो । शाहले घुस खाँदै पक्षपातपूर्ण कैयौं फैसला गरेको विषयमा जनआस्थाले सप्रमाण पत्र प्रकाशित गरेको थियो । त्यसको ३ हप्तापछि उनै न्यायाधीशले जनआस्थाका सम्पादकलाई तीन दिनभित्र ठेगान लगाउने भन्दै लिखित चेतावनी दिएका थिए ।

बोक्सीको आरोप लगाउने,जातीय भेदभाव गर्ने,लागु औषध ओसार्ने केसमा माग दावी नपुग्ने भनेर बर्दियाका वकिलसङ्ग मिली दोषीलाई चोख्याउने प्रकरणमा मुछिएका बर्दियाका पुराना श्रीमान लोकजङ्ग शाहवारे त्यहीँका पीडितहरुको उजुरीपत्र जनआस्थाले प्रकाशन गरेको थियो ।

बाँकी अरु न्यायाधीशबारेको प्रतिवेदन आउन बाँकी रहेकाले आगामी दिनमा निर्णय हुने बताइएको छ । निमुखा महिलालाई बोक्सीको आरोप लगाउने,जातीय भेदभाव गर्ने,लागु औषध ओसार्नेलगायतका मुद्दामा माग दावी नपुग्ने भनेर बर्दियाका वकिलसङ्ग मिली दोषीलाई चोख्याउने प्रकरणमा मुछिएका बर्दियाका पुराना श्रीमान लोकजङ्ग शाहवारे त्यहीँका पीडितहरुको उजुरीपत्र जनआस्थाले प्रकाशन गरेको थियो -०७८ फागुन ४ गते,”न्यायाधीशको काम,कति बटुल्ने दाम शीर्षक” मा ।

जनतालाई यसरी सुसूचित गराएवापत बर्दिया जिल्ला अदालत र बारले २७ गते बैठक बसेर एकल निर्णय गरी ३ दिनभित्र यसमा सफाइ पेश नगरे मुध्दा चलाइने धम्कीयुक्त पत्र जनआस्थालाई पठाइएको थियो । अन्ततः तिनै श्रीमान लोकेन्द्रजङ्ग शाहसहित उच्च अदालत राजविराजका न्यायाधीश नसिरुल्लाह अन्सारीको आज खराव आचरण र गैह्रब्यवसायिक कर्मका निम्ति दोषी ठहर भई न्यायपरिषद बैठकको निर्णयबमोजिम जागिर गएको हो ।

०७८ फागुन ४ गते,”न्यायाधीशको काम,कति बटुल्ने दाम शीर्षक” मा । जनतालाई यसरी सुसूचित गराएवाप त बर्दिया जिल्ला अदालत र बारले २७ गते बैठक बसेर एकल निर्णय गरी ३ दिनभित्र यसमा सफाइ पेश नगरे मुध्दा चलाइने धम्कीयुक्त पत्र जनआस्थालाई पठाइएको थियो ।

यसै प्रकरणमा उच्च अदालत राजविराजकै तत्कालीन अर्की न्यायाधीश (हाल तुल्सिपुर, दाङ्ग) बबिता उप्रेतीलाई भने सचेत गराइएको छ । सप्तरी जिल्ला अदालतले गरेको जग्गा खिचलोसम्बन्धी यौटा मुद्दामा सुनुवाइपश्चात् एकथोक आदेश जनाएर फैसला भने अर्कै गरेको पाइएपछि विषयवस्तुको गम्भीरता र फरक फरक भूमिकालाई हेर्दै दुई न्यायाधीशलाई सचेत र बर्खास्तीको निर्णय गरिएको श्रोतले बतायो ।

अन्ततः तिनै श्रीमान लोकेन्द्रजङ्ग शाहसहित उच्च अदालत राजविराजका न्यायाधीश नसिरुल्लाह अन्सारीको आज खराव आचरण र गैह्रब्यवसायिक कर्मका निम्ति दोषी ठहर भई न्यायपरिषद बैठकको निर्णयबमोजिम जागिर गएको हो । यसै प्रकरणमा उच्च अदालत राजविराजकै अर्की न्यायाधीश बबिता उप्रेतीलाई भने सचेत गराइएको छ । सप्तरी जिल्ला अदालतले गरेको जग्गा खिचलोसम्बन्धी यौटा मुद्दामा सुनुवाइपश्चात् एकथोक आदेश जनाएर फैसला भने अर्कै गरेको पाइएपछि बिषयवस्तुको गम्भीरता र फरक फरक भूमिकालाइ हेर्दै दुई न्यायाधीशलाई सचेत र बर्खास्तीको निर्णय गरिएको श्रोतले बतायो ।

जिल्लाको अंश मुद्दामा सदर भनेर उच्चले आदेश दिए पनि फैसलाको पूर्ण पाठ आउँदा भने तीन वटा कित्ता निजी ठहर्ने,बण्डा नलाग्ने भनेर लेखिएको थियो ।

टिप्पणीहरू