चीनका पूर्वी प्रान्तमा नेपाली व्यवसायी खड्कालाई खटाइयो

चीनका पूर्वी प्रान्तमा नेपाली व्यवसायी खड्कालाई खटाइयो

छिमेकी मित्रराष्ट्र चीनको पूर्वी भेगका प्रान्तहरुमा व्यापार र व्यवसायमा सहजीकरण गर्नको लागि युवा व्यवसायी राजकुमार खड्कालाई खटाइएको छ । खड्कालाई नेपाल चेम्बर अफ कमर्सले सो क्षेत्रको निम्ति व्यापार प्रनिनिधिको जिम्मेवारी दिएको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उनलाई प्रतिनिधिको प्रमाणपत्र प्रदान गरेका छन् । लामो समयदेखि चीनसँगको व्यापारमा आवद्ध खड्का गैरआवासीय नेपाली संघ (एनआरएन) चीनका सल्लाहकारको जिम्मेवारीमा पनि छन् ।

कोरोना महामारी अघिसम्म नेपालमा भन्दा चीनमा धेरै बस्दै आएका राजकुमार चीनका विभिन्न संघ संस्थामा पनि जोडिएका छन् । उनले पिपुल्स मेडिएसन कमिटी फर फरेन रिलेटेड डिस्प्युट, इबु सिटी इन्टरनेशनल ट्रेड सिटी जस्टिस अफिस अफ इबु म्युनिसिपल ब्युरो अफ जस्टिस, फ्रेण्डसिप एलायन्स अफ फरेन बिजनेसम्यान, बिल्डिङ ब्युुटिफुल इबु सिटी प्रमोशन एसोसिएसन तथा इन्टरनेशनल भोलेन्टिएर क्लबमा मेडिएटर तथा स्वयमसेवकको रुपमा भूमिका निभाएको बताइन्छ ।चीन पछिल्लो समयमा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स उद्योग र व्यवसायमा उन्मुख भएकाले उक्त व्यवसालाई पछ्याउनुपर्ने उनको भनाइ छ । स्वयम् चीनका राष्ट्रपति सि जिनपिङले उक्त विषयलाई जोड दिनुभएकाले चीनसँगको व्यापारमा उक्त विषयको महत्व बढेको खड्का बताउँछन् । उनी भन्छन्, ‘यो मौकालाई हामी नेपाली र नेपालले पनि चुकाउन हुँदैन ।’

चीनको पूर्वी भेगमा सांघाई, चच्याङ, च्याङसु, आन्हुई, सान्डोङलगायत सहर तथा प्रान्तहरु पर्छन् ।

टिप्पणीहरू