संक्रमण बढेपछि सतर्कता अपनाउन आग्रह

संक्रमण बढेपछि सतर्कता अपनाउन आग्रह

पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले सम्पूर्ण जिल्लावासीलाई कोरोना संक्रमणबाट बच्न अनिवार्य जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सरकारी वा सार्वजनिकस्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

कोभिड–१९ संक्रमण रोकथाम तथा उपचार व्यवस्थापन सम्बन्धमा हिजो बसेको बैठकले जिल्लामा कोरोना बढेपछि कडाइ गर्ने निर्णय गरेको हो ।

अब पहिलेझैँ अनिवार्य सामाजिक दूरीको पालना गर्नुपर्नेछ । प्रशासनले बेलाबेलामा साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्नलगायतक जनस्वास्थ्य मापदण्ड पूर्णपालना गर्न भनेको छ ।

टिप्पणीहरू