प्रधानमन्त्रीको कार्यालयमा झण्डै सय जनाको हुल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बिहान करिब एक सय जनाको उपस्थिति देखियो । मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठकमा अधिकांश सुरक्षा निकाय, संस्थान र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु सबै साढे १० बजेभित्र त्यहाँ पुगिसेका थिए । मुश्किलले एक घण्टा बसेको बैठकमा गृह सचिव टेकनारायण पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीको उपस्थिति थियो ।
त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललगायत सरकारी अधिकारीहरु झण्डै ९० जनाको सहभागिता रहेको बताइन्छ ।
टिप्पणीहरू