गाउँपालिकाले कच्ची घरको पनि बीमा गरिदिने
गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरको पनि बीमा गरिदिने भएको छ । गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा कार्यक्रम ल्याएको हो ।
अब प्रत्येक कच्ची घरको दुई सय २५ रुपैंयामा बीमा गरिनेछ । उक्त बीमा शुल्क गाउँपालिका र घरधनीले ५०–५० प्रतिशत व्यहोर्ने सहमति भएको छ ।
गाउँपालिकाले कच्ची घरको अधिकत्तम बिमाङ्क पाँच लाख रुपैयाँ रहेको जनाएको छ । जसअनुसार बाढी पहिरो, चट्याङ, विष्फोट, आकाशजन्य घटनाबाट क्षति पुग्ने गरेकाले ती घरको निम्ति बीमा कार्यक्रम ल्याइएको हो ।
टिप्पणीहरू