सिट भागबण्डाबारे काँग्रेसको छुट्टै बैठक

सिट भागबण्डाबारे काँग्रेसको छुट्टै बैठक

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सिट बाँडफाँटसम्बन्धी कार्यदलको भोलिको बैठकमा पार्टीको अडानबारे छलफल गर्न आज दिउँसो कांग्रेस मुख्यालय सानेपामा पदाधिकारी बैठक बस्न लागेको हो ।

आगामी निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफलका लागि भोलि कार्यदलको बैठक बस्दै छ । त्यसअघि आन्तरिक तयारीस्वरूप पदाधिकारी बैठक आज बस्न लागेको कांग्रेसका एक जना नेताले जानकारी दिए ।

कांग्रेसमा सिट बाँडफाँड विषय निकै पेचिलो बनेको छ । १६५ मध्ये करिब १०० सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि शेखर कोइराला समूहको ठूलो दबाब छ । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा भने १०० सिट काँग्रेसलाई दिएर तालमेल गर्न नसकिने अडानमा छन् ।

चुनाव घोषणालगत्तै गठबन्धन बैठकले गठन गरेको कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक तोकिएका छन् ।

टिप्पणीहरू