अर्को साता विप्लवको नेपाल बन्द
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फेरि नेपाल बन्दको घोषणा गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरुलाई पक्राउ पुर्जी जारी भएको विरोधमा भदौ ७ गतेलाई मंगलबार नेपाल बन्दको घोषणा गरिएको छ ।विप्लवलगायत नेतालाई ललितपुर जिल्ला अदालतले साउन १६ गते सार्वजनिक सूचनामार्फत् पक्राउ पुर्जी जारी गरेको विरोधमा उक्त पार्टीसहित चार वाम राजनीतिक दलहरुले संयुक्त रुपमा भदौ ७ गते नेपाल बन्दको घोषणा गरेका हुन् ।
अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’,मोहनबहादुर कार्की,टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई,सन्तोष बुढामगर,नवीन विश्वकर्मा,उदयबहादुर चलाउनेलगायत नेताहरूविरुद्ध विभिन्न कसुर गरेको जनाउँदै ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ ।
तोकिएको समयभित्र उपस्थित नभए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने पुर्जीमा उल्लेख छ ।
टिप्पणीहरू