नेताहरुको जुँगाको लडाईंले मधेशमा कमजोर हुनु परेको प्रचण्डको निश्कर्ष

नेताहरुको जुँगाको लडाईंले मधेशमा कमजोर हुनु परेको प्रचण्डको निश्कर्ष

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेताहरुका कारण मधेशमा तुलनात्मक रुपमा कमजोर हुनुपरेको निश्कर्ष निकाल्नुभएको छ । उहाँले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उक्त धारणा सार्वजनिक गर्नुभएको बताइन्छ ।

मधेसबाट प्रतिनिधित्व गर्ने दुई हस्ती भनेर चिनिएका नेता तथा पूर्वमन्त्रीहरु गिरिराजमणि पोखरेल र मातृका यादवबीचको अन्तरद्वन्द्वका कारण पार्टी नसोचेको ढंगले तल पुगेको उहाँको भनाइ छ । ‘यस्तै अवस्था रह्यो भने आगामी दिनमा झन् कमजोर होइन्छ,यसतर्फ हामी सबैले गहन ढंगले विश्लेषण गर्नुको विकल्प छैन,’अध्यक्षको भनाइ उद्धृत गर्दै स्रोतले भनेको छ ।

नेता पोखरेल र यादवबीचको अनावश्यक अन्तरद्वन्द्वले समग्र मधेसमा पार्टीलाई धक्का लागेको पक्षलाई विचार गरेर आगामी दिनमा हुने प्रदेश र संघीय चुनावमा दुवै नेतालाई एक ढिक्का बनाउन उहाँले निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू