प्रधानमन्त्री विरोधी समूहको छुट्टै भेला
नेपाली काँग्रेसको असन्तुष्ट समूहले आज दिउँसो भेला बोलाएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले फरक मत राख्ने समूहलाई उपेक्षा गरेको, अनावश्यक ढंगले पेलेको आरोप लगाउँदै उक्त समूहले भेला डाकेको बताइएको छ ।
‘पार्टीभित्र कुनै सरसल्लाह नगरी अघि बढेकाले भेला बोलाइएको हो । आफ्नो समूहको रणनीति तय गर्न भेला बोलाइएको हो,’डा.शेखर कोइराला समूहका एक जना असन्तुष्ट नेताले जनआस्थासँगको कुराकानीमा बताए ।
यता,संस्थापन पक्षले भने असन्तुष्ट समूहको नाममा जथाभावी निर्णय गर्ने छुट कसैलाई नभएको बताएको छ । ‘महाधिवेशनबाट पराजित हुने अनि आफ्ना कुरा र कार्यक्रम जस्ताको तस्तै लागु हुनुपर्यो भनेर हल्ला गर्नुको कुनै तुक छैन,’ उनले भने ।
टिप्पणीहरू