बालेनमाथि हर्क साम्पाङ्गको व्यंग्य

बालेनमाथि हर्क साम्पाङ्गको व्यंग्य

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई श्रमदान गर्ने इच्छा जागेको बताएका छन् । काठमाडौंका सडक किनारमा थुप्रिएको फोहोर देखेपछि श्रमदान गर्ने इच्छा जागेको उनले बताएका हुन् ।

सामाजिक सञ्जालमा केही बेरअघि स्टाटस लेख्दै मेयर साम्पाङले काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा खाल्डाखुल्डी बाटो भए पनि आफ्नै शहर (धरान) सफा भएको उल्लेख गरेका छन् ।

धरानको विकाससम्बन्धी काम लिएर काठमाडौं आएका मेयर साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको बिजोग देख्दा श्रमदान गर्न मन लागेको टिप्पणी गरे ।

उनले भनेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

टिप्पणीहरू