राजासहितको हिन्दु राष्ट्र चाहिन्छ : धवल समशेर
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल समशेर जबराले राजासहितको हिन्दु राष्ट्र बनाउने अभियानमा आफू र आफ्नो पार्टी लागेको बताएका छन् । उनले हिजो आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उक्त अभियान पूरा गर्न राप्रपालाई एक पटक मौका दिन आग्रह गरेका हुन् ।
मुलुकबाट राजतन्त्र हटाइएको सन्दर्भ उल्लेख गर्दै राणाले तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहको बुद्धिमतापूर्ण कार्यको चर्चा गरेका थिए । राणाको भनाइ छ, ‘नेपाली सेनाको परमाधिपति हुँदाहुँदै पनि सेना परिचालन नगर्नु उहाँको ठूलो बुद्धिमतापूर्ण कार्य हो । त्यसो गर्दा आफ्नै जनताले दुःख पाउने त्यतिबेला उहाँको बुझाइ थियो ।’
राजाको त्यसबेलाको निर्णय र राजनीतिक दलहरुको बारेमा पनि राणाले सहभागीहरुलाई जानकारी गराएका थिए । राजनीतिक दलहरुले पश्चिमा शक्तिसँग मिलेर वैदेशिक स्वार्थलाई भित्र्याउने चलखेल गरेको चाल पाएपछि राजाले जनताको पक्षमा निर्णय गरेको उनको निश्कर्ष थियो । ‘अहिले राजाको उक्त बुद्धिमतापूर्ण कार्यको धेरैले स्मरण गरे पनि भन्न चाहँदैनन,’ उनको भनाइ थियो ।
अहिलेको अवस्थामा राजासहितको सनातन हिन्दु राष्टं निर्माणको विकल्प नभएको राप्रपा र आफ्ने व्यक्तिगत धारणा रहेको राणाले बताएका छन् ।
टिप्पणीहरू