कमल थापा बेलायतबाट रातारात नेपाल फिर्ता

कमल थापा बेलायतबाट रातारात नेपाल फिर्ता

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट फर्केका छन् । उनी कतार एअरको उडान नम्बर क्युआर ६४६ बाट दोहा हुँदै आज साँझ काठमाडौं आएका हुन् ।

उनी साउन ८ गते राति दोहा हुँदै लण्डन गएका थिए । जानुअघि राप्रपा छाडेर राप्रपा नेपाल प्रवेश गरेका चार जनामध्ये दिलविकास राजभण्डारीलाई उपाध्यक्ष र सहमहामन्त्रीमा दमन बस्नेतलाई नियुक्त गरेका थिए । उनीहरुसँगै श्याम तिम्सिना र केशवराज श्रेष्ठ पनि राप्रपा नेपाल प्रवेश गरेका थिए ।

टिप्पणीहरू