अमेरिकी विशेष दूत सिंहदरबारमा

अमेरिकी विशेष दूत सिंहदरबारमा

एक जना अमेरिकी विशेष दूत हिजो बिहान सिंहदरबार पुगेकी छन् । उनी भेटघाटको लागि संसद सचिवालय गएको बताइएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा कानुन,न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलसँग भेट गर्न अन्तर्राष्ट्रिय मानवअधिकार मामिलासम्बन्धी अमेरिकी विशेष दूत जेसिका स्टर्न त्यहाँ गएकी हुन् ।

पोखरेल र स्टर्नबीच बिहान साढे १० बजेदेखि झण्डै ४५ मीनेट छलफल भएको संसद सचिवालय स्रोतले पुष्टि गरेको छ ।

टिप्पणीहरू