पोर्चुगलमा नेपाली व्यवसायीको निधन

पोर्चुगलमा नेपाली व्यवसायीको निधन

पोर्चुगलमा एक जना नेपाली व्यवसायीको मृत्यु भएको छ । लमजुङको दोर्दी गाउँपालिका ९, हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको बताइएको छ ।

पोर्चुगलमा विगत पाँच वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएका गुरुङको हिजो बिहान निधन भएको व्यावसायिक साझेदार एवम् लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए ।

शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किने क्रममा गुरुङ अकस्मात बिरामी परेको बताइन्छ । त्यसपछि तत्काल उपचारार्थ अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उच्च रक्तचापको बिरामी उनी परिवारका साथ नौ वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए ।

उनको पार्थिव शरीर नेपाल पठाउने तयारी गरिएकाले आर्थिक सहयोग जुटाइदिन लमजुङ समाज पोर्चुगलले आग्रह गरेको छ ।

टिप्पणीहरू