यसकारण सुक्यो सिराहाको ठाडी भन्सार

यसकारण सुक्यो सिराहाको ठाडी भन्सार

सिरहाको ठाडी भन्सारमा चहलपहल स्वाट्टै घटेको छ । नेपाल–भारत आयात निर्यातमा एकाएक कमि आएपछि ठाँडी भन्सार क्षेत्रमा खासै भीडभाड देखिन्न । यसबाट राजश्व संकलन आकलनभन्दा कम हुने प्रक्षेपण गरिएको छ ।

केही दिनअघि भगवानुर गाउँपालिका ५ को दशगजा नजिक कार्यालयमा ठाडी भन्सारका प्रमुख ध्रुवकुमार कोइरीसँग जनआस्था संवाददाताको भेट भयो । गत बुधवार नवराजपुर गाउँपालिका ५ बाट प्रहरीले नियन्त्रणमा लिएर ठाँडी भन्सारमा बुझाइएको अगरबत्ती बनाउन प्रयोग गरिने मसलाजस्तो देखिने कालोधुलोबारे आवश्यक अनुसन्धानको दायित्व प्रहरीको भएको उनले बताए । 

उनले अगाडि भने, ‘सशस्त्र प्रहरी बलले भन्सारको प्रतिनिधि पठाइदिनु भने । नियन्त्रणमा लिइएको कालोधुलो जिम्मा लाउँदै सशस्त्र प्रहरी बलले ‘अगरबत्तीको मसला जस्तो देखिने कालोधुलो’ उल्लेख गरेर भन्सार कार्यालयमा प्रतिवेदन पनि बुझायो । त्यसबारेको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सक्रिय छ ।’

तर बाघ कराउनुु र बाख्रा हराउनुको संयोग भनिएझैँ ठाडी भन्सार त्यसपछि सुक्दै गयो । निर्यात र आयात दुबै ठप्प भएको पनि उनले बताए । ठाँडी भन्सार खाद्यान्न र दैनिक प्रयोगका वस्तुको आयातको नाकाले सो क्षेत्रमा परिचित छ । तर भारतले जोगवनी,रक्सौल र सुनौली नाकाबाट मात्रै खाद्यान्न नेपाल पठाउन थालेपछि ठाँडी भन्सार सुकेको कोइरीको दाबी छ ।

टिप्पणीहरू