प्रधानमन्त्री आज चितवन,भोलि पोखरा,चिनियाँ कार्यवाहक राजदूत आजै प्रस्थान

पोखरामा निर्माण सम्पन्न भएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्घाटन हुने भएको छ । नयाँ वर्ष २०२३ जनवरीको पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । चिनियाँ ऋण सहयोगमा निर्मित विमानस्थलको उद्घाटनमा सहभागी हुन चिनियाँ कार्यवाहक राजदूत वाङ सिन आजै पोखरा पुग्नुभएको छ । उहाँ बिहान पौने ११ बजे यति एअरलाइन्सको उडान वाईटी ६७५ बाट त्यता जानुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने आज १२ जनाको टोलीसहित बुध्द एअरको उडानबाट गृहनगर चितवन जानुभएको छ । उहाँ भोलि चितवनबाट पोखरा पुगेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।

पोखरा विमानस्थल

टिप्पणीहरू