अमेरशलाई ल्याउन यतिसम्म अचम्म

अमेरशलाई ल्याउन यतिसम्म अचम्म

राजनीतिको रेखा ‘बक्र’ हुन्छ, नपत्याए अमरेशकुमार सिंहको ‘चालामाला’ हेरौँ न ! नेपाली कांग्रेसले सर्लाही– ४ बाट उनलाई दिनुपर्ने उम्मेदवारी नागेन्द्र यादवलाई दियो । त्यसपछि त्यहीँबाट स्वतन्त्र उम्मेदवार बने, चुनाव जिते पनि । अनुमान गरिँदै छ, अमरेश आज पनि कांग्रेसमै छन् । तर, यो कुरा सत्य होइन ।

त्यसो त सर्लाही– ४ मै माओवादीले पहिलो संविधानसभामा रातो पासपोर्ट काण्ड लागेका शिवपुजन रायलाई उम्मेदवार बनाउन चाहेको थियो । तर, फौजदारी अभियोग लागेका कारण उनी उठ्न सकेनन् र छोरी मधुमाला रायलाई उठाइदिए । सबैले अनुमान गरे, त्यहाँ कांग्रेससहितको गठबन्धनमा रहेको माओवादीले त्यसलाई तोड्यो र सम्भावित उम्मेदवारले पनि छोरीलाई पार्टीकै चुनाव चिह्नमा उठाए ।

यसको वास्तविकताचाहिँ फरक छ । माओवादीले कांग्रेससँगको गठबन्धन तोड्न वा आफ्नो उम्मेदवारलाई जिताउनमध्ये दुबैका निम्ति भूमिका खेलेको हैन । उसले यादव समुदायका दुई बलिया उम्मेदवार (नागेन्द्र १८,२५३ र मधुमाला १४,६२२) बीच भोट काटाकाट गराएर अमरेशलाई २०,०१७ मतले जिताउनका निम्ति त्यस्तो रणनीति अपनाएको थियो । त्यसका निम्ति कतिसम्म गरियो भने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्सको स्थायी जागिर खाइरहेकी मधुमालालाई जागिरबाट हट्न लगाइयो र चुनाव पनि हराइयो । किनभने, अमरेशलाई जो जिताउनु थियो ।

कांग्रेस पृष्ठभूमिको र आफूलाई भारतको निकटस्थ भनाउने अमरेशलाई प्रचण्डले कसैको जागिर र जीवनसँगै खेलबाड गरेर किन चुनाव उठाउनुभयो होला ? यसको उत्तर समयले दिँदै जाला, तर सत्य यही हो ।

यसरी चुनाव जितेका अमरेशले चुनावलगत्तै भन्न थाले, ‘अब म देउवालाई कुनै हालतमा बोक्न सक्दिनँ ।’ पछिल्लो राजनीतिक घटनाक्रमको विकासपछि, अर्थात् देउवा–प्रचण्डको सहयात्रामा विराम लाग्नुमा आफ्नो भूमिका दावी गरिरहेका छन्, ‘यो सब मैले गराएको हुँ †’ यदि यो कुरा सत्य हो भने आफूलाई भारतीय ‘अक्टोपस’ दावी गर्ने अमरेशले इण्डो–प्यासिफिक उद्देश्यविपरितको सरकार, जसले चीनसँग बढी सान्निध्यता राख्छ– त्यो बनाउने काम किन गरे ?

टिप्पणीहरू