संसदलाई विजनेश दिनेबारे प्रमुख सचेतकसँग प्रधानमन्त्रीको छलफल

संसदलाई विजनेश दिनेबारे प्रमुख सचेतकसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुसँग सामूहिक छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, राप्रपाका ज्ञानबहादुर शाही र जनता समाजवादी पार्टी (जसपा)का  प्रमुख सचेतक प्रमाेद शाहको उपस्थिति छ । 

त्यस्तै, नागरिक उनमुक्ती पार्टीका प्रमुख सचेतक  गङ्गाराम चाैधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष तथा सांसद महन्थ ठाकुर, राष्ट्रिय जनमाेर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसी, नेमकिपाकाका प्रेम सुवाल, लगायत छलफलमा सहभागी छन् । 

सरकारले संसदलाई दिनुपर्ने काम र जिम्मेवारीका विषयमा प्रतिनिधिसभामा रहेका दलहरुको राय सुझाव लिन प्रधानमन्त्री प्रचण्डले यस्तो छलफल गर्नुभएको हो ।

टिप्पणीहरू