यस्तो देखियो आजको घोडेजात्रा (फोटो फिचर)

घोडेजात्राको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष प्रदर्शनी भएको छ । विशेष समारोहमा नेपाली सेनाले घोडाका विभिन्न खेल, कला र कौशल देखाएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति थियो । 

हरेक वर्ष चैत कृष्णपक्ष औंसीको दिन काठमाडौँ उपत्यकामा मनाइने घोडेजात्रालाई प्राचीन जात्रा मानिन्छ । परापूर्वकालमा उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा दुःख दिने गरेको र त्यस राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको सम्झनामा घोडेजात्रा मनाउन शुरु गरिएको किंवदन्ती छ ।

आजै ललितपुरको पाटनमा एक्लो घोडा कुदाएर घोडेजात्रा मनाइएको छ । टुँडिखेलमा आयोजित विशेष समारोहका केही दृश्यहरु :

टिप्पणीहरू