दिल्ली गएका एकनाथ फर्के, कतारकी राजकुमारी पनि आइपुगिन्

दिल्ली गएका एकनाथ फर्के, कतारकी राजकुमारी पनि आइपुगिन्

एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नयाँ दिल्लीबाट फर्केका छन् । ढकाल आज दिउँसो पौने ३ बजे काठमाडौं आएका हुन् । 

उनी अघिल्लो साता त्यसतर्फ गएका थिए । आज एअर इण्डियाको उडान नम्बर एआई २१५ मा नयाँ दिल्लीबाट आएको बताइएको छ । 

ढकाल प्रायः बैंकक, क्वालालम्पुर, मनिला, सिओल र सिड्नी आउजाउ गरिरहन्छन् । यस पटक उनी भारत गएका थिए ।

आजै कतारकी राजकुमारी शेख आस्मा ए अल थानी काठमाडौं आइपुगेकी छन् । राजकमारी थानी कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहाबाट आएकी हुन् ।

टिप्पणीहरू