विमानस्थल नजिकै पत्रकारहरुको जुलुस

विमानस्थल नजिकै पत्रकारहरुको जुलुस

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सिनामंगल चोकदेखि पत्रकार महासंघको केन्द्रीय कार्यालय, सञ्चारग्रामसम्म प्रभातफेरीको आयोजना गरिएको बताइएको छ । 

बिहान ८ बजे निकालिएको प्रभातफेरीमा महासंघ अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीलगायत पत्रकारहरुको उपस्थिति थियो । आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने क्रममा महासंघले उक्त कार्यक्रमको आयोजना गरेको हो । 

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सञ्चारमन्त्री रेखा शर्मालगायत विभिन्न राजनीतिक दलका नेताले शुभकामना सन्देश दिनुभएको छ ।

टिप्पणीहरू