लक्जम्बर्गका मन्त्री हेलिकप्टरमा पोखरा, फर्कंदा गोरखा

लक्जम्बर्गका मन्त्री हेलिकप्टरमा पोखरा, फर्कंदा गोरखा

नेपाल भ्रमणमा रहनुभभएका लक्जम्बर्गका विकास सहयोग तथा मानवता मामिलामन्त्री फ्रान्ज फायोट पोखरा गएका छन् । हिजो दिउँसो बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका उनी आज बिहान सिम्रिक एअरको हेलिकप्टरमा पोखरा गएको बताइएको छ । 

पाँँच सदस्यीय प्रतिनिधिमण्डल बिहान ८ बजे काठमाडौंबाट प्रस्थान गरेको हो । 

साँझ राजधानी फर्कने कार्यक्रम रहेकाले पोखरामा आउँदा गोरखामा आयोजित कार्यक्रममा सहभागी हुने जानकारी दिइएको छ । नेपाल भ्रमणपछि टोली सदस्यहरु आइतबार र सोमबार स्वदेश फर्कने छन् ।

टिप्पणीहरू