अमेरिकी राष्ट्रपतिलाई सिध्याएर ह्वाइट हाउस कब्जा गर्ने भारतीय युवकको योजना

अमेरिकी राष्ट्रपतिलाई सिध्याएर ह्वाइट हाउस कब्जा गर्ने भारतीय युवकको योजना

अमेरिकी राष्ट्रपति जो वाइडेनको हत्या गर्न खोजेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । 

बाइडेनलाई मार्ने उद्देश्यका साथ राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ को पर्खालमा ट्रक ठोक्काएको आरोपमा १९ वर्षीय साईवर्षित कान्डुला समातिएका हुन् । उनले सोमबार राति १० बजे बक्स ट्रक लगेर राष्ट्रपति निवासको भित्तामा ठोक्काएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

घटनालगत्तै पक्राउ परेका कान्डूलामाथि राष्ट्रपति, उपराष्ट्रपति र उनीहरुको परिवारलाई सिध्याउन खोजेको आरोप लगाइएको छ । भारतीय सञ्चारमाध्यम एमडब्लु न्यूजका अनुसार कट्टरवादी सिद्धान्त बोकेका उनी ह्वाइट हाउसभित्र घुस्न चाहन्थे । तर, कडा सुरक्षाका कारण छिर्न सकिरहेका थिएनन् । त्यसपछि ह्वाइट हाउसभित्र छिर्न ट्रकलाई पर्खालमा ठोक्काएका हुन् ।

उक्त ठक्करबाट कोही पनि घाइते नभएको एमडब्लु न्यूजले जनाएको छ । दुर्घटनापछि उनी ट्रकबाट ओर्लिएर कालो र रातो रङ्गको झण्डा फरफराउँदै चिच्याएका थिए । त्यतिबेला राष्ट्रपति वाइडेन ह्वाइट हाउसको बगैंचामा थिए ।  

राष्ट्रपति वाइडेनलाई मार्न उनी मिजाैरीबाट वासिङटन डिसी आएको पनि समाचारमा उल्लेख छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कान्डुलाले छ महिनादेखि हत्याको योजना बनाएको निष्कर्ष निकालेको छ । 

‘उनी राष्ट्रपतिलाई हटाएर सत्तामा जान चाहन्थे । त्यसैले उनले हत्याको योजना बनाएको देखिन्छ’, त्यहाँको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । प्रहरीका अनुसार उनले ‘डाटा एनालाइसिस’ अध्ययन गरेका छन् । लामो समयदेखि कामको खोजीमा रहेका उनी पढाईमा अब्बल विद्यार्थी भएको खुलेको छ । 

उनी भर्जिनियाको हेरन्डनबाट यु–हौल ट्रक भाडामा लिएका गएका थिए । युहौलबाट ट्रक भाडामा लिन १८ वर्ष पूरा भएको हुनुपर्छ । आफ्नो कम्पनीको ट्रक राष्ट्रपति निवासमा ठोक्किएपछि युहौलले प्रावधानमै टेकेर ट्रक भाडामा दिएको स्पष्टीकरण दिएको छ । 

भारतीय युवकले अमेरिकी राष्ट्रपतिको हत्या गर्न कोशिस गरेको घटनाले यतिबेला अन्तर्राष्ट्रियस्तरमै तहल्का मच्चाएको छ । उक्त घटनाले अन्तर्राष्ट्रिय रुपमा बदनामी भएपछि भारतमा कट्टरताको विरोधमा आवाज उठ्न थालेको छ ।

टिप्पणीहरू