महालक्ष्मी विकास बैंकको क्रिकेट प्रतियोगिता

महालक्ष्मी विकास बैंकको क्रिकेट प्रतियोगिता

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३, श्रृङ्खला २’ आयोजना गर्ने भएको छ । बैंकले २९ औं वार्षिकोत्सवको अवसरमा पर्सि शनिबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।

ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा तीन दिनसम्म आयोजना हुने प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीको सहभागिता रहने जनाइएको छ । लिग कम नक आउटमा खेलाइने प्रतियोगितामा ३१ वटा खेल हुनेछ । 

माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागितामा हुन लागेको प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मीयता, सद्धभाव र मित्रता बढाउन थप सहयोग पुग्ने बैंकले जनाएको छ ।

टिप्पणीहरू