ढुकुरलाई हानेको गोली किशोरीको टाउकोमा

ढुकुरलाई हानेको गोली किशोरीको टाउकोमा

कालिकोटमा बारीमा काम गरिरहेकी एक किशोरीको गोली लागेर मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षीया किशोरीको शुक्रबार दिउँसो मकै बारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर मृत्यु भएको हो । 

गोलीपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकोमा आज उपचारकै क्रममा उनको प्राण गएको हो ।

रुप्साकै एक स्थानीयले ढुकुरलाई बन्दुक हान्दा मकै गोडिरहेकी एलिसाको टाउकोमा लागेको थियो । मृतकको आजै पोष्टमार्टम गरी अन्त्येष्टी गरिएको छ । उनी कक्षा १० मा अध्ययनरत थिइन् । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।
 

टिप्पणीहरू