नाबालिका दिदी–बहिनीमाथि सामूहिक बलात्कार प्रयास

नाबालिका दिदी–बहिनीमाथि सामूहिक बलात्कार प्रयास

दाङमा नाबालिका दिदी–बहिनीमाथि सामूहिक बलात्कार प्रयास भएको छ । बलात्कार प्रयासको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

ती पाँच जनामाथि राप्ती गाउँपालिका–३ की १४ र १२ वर्षीया दिदी–बहिनीलाई सामूहिक बलात्कारको प्रयास गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकामा गढवा गाउँपालिका–६ का १८ वर्षीय दिलशान अहमद, गढवा–५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु शिवराज नगरपालिका–११ का २० वर्षीय जाबेद भन्ने जाविद खान छन् । साथै गढवा गाउँपालिका–६ का १६ वर्षीय दुई किशोर पनि पक्राउ परेका छन् । 

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत दाङबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

टिप्पणीहरू