काठमाडौँको थापाडाँडामा आगलागी, गोठ खरानी हुँदा दुईवटा गाई जले

काठमाडौँको थापाडाँडामा आगलागी, गोठ खरानी हुँदा दुईवटा गाई जले

काठमाडौँको कागेश्वरी मनोहरा-३ थापाडाँडास्थित एक गोठमा आगो पाँच लाख बराबरको धनमाल जलेर खरानी भएको छ । 

आज दिउँसो स्थानीय श्रीराम पुडासैनीको बाँस र जस्ताले बारेको गोठमा आगलागी हुँदा उक्त क्षेती भएको हो । दिउँसो साढे १२ बजेतिर विद्युत सर्ट भएर आगो लाग्दा गोठ पूर्णरुपमा जलेको र २ वटा गाई जलेर मरेको प्रहरीले जानकारी दिएको छ । 

अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । स्थानीयले ट्यांकर र वरपरको पानी प्रयोग गरि एक घण्टापछि नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू