२६ वर्षीया युवतीको हत्या, सँगै बस्ने पुरुषमाथि शंका

२६ वर्षीया युवतीको हत्या, सँगै बस्ने पुरुषमाथि शंका

काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ । चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको सँगै कोठामा बस्दै आएका एक पुरुषले कुटेर हत्या गरेको बताइएको छ । 

हत्या आरोपमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकार पक्राउ परेका छन् । जेनिशा र अमर काठमाडौँको ठमेलस्थित भगवतीबहालमा एउटै कोठामा बस्दै आएका थिए । 

प्रहरीका अनुसार हिजो दिउँसो आपसी विवादपछि कुटपिट हुँदा जेनिशा गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएकोमा उनको गएराति मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू