कालिकोटमा जिप खोलामा खस्यो, दुईको मृत्यु

कालिकोटमा जिप खोलामा खस्यो, दुईको मृत्यु

कालिकोटमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । रास्कोट नगरपालिका २ सेरामा रोकिराखेको जिप खोलामा खसेको बताइएको छ ।

बा. १ च ४६४१ नम्बरको जिप दुर्घटना हुँदा स्थानीय ४३ वर्षे मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको घटनास्थलमा निधन भएको हो । जिप बसपार्कबाट झण्डै सात सय मिटर तल खोलामा खसेको छ ।

अर्की घाइते महिलालाई स्थानीय रास्कोट अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार स्टार्ट गरिराखेको जिप चालक ओर्लेपछि पछाडि सरेर खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू